कोरोनाबाट बाँकेमा ७ जनाको ज्यान गयो

सदरलाइन संवाददाता १३ जेष्ठ २०७८, बिहीबार ०९:५५
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका २ जना, बर्दियाका २ जना तथा दाङ, कैलाली र कंचनपुरका १÷१ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत जानकी ९ कैलालीकी ७४ वर्षीया महिला, बाँसगढी ५ बर्दियाकी ७५ वर्षीया महिला, नेपालगञ्ज २० बाँकेकी ५५ वर्षीया महिला र गुलरिया ५ बर्दियाका ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगञ्ज २० बाँकेका ५७ वर्षीय पुरुष, पुनर्वास ६ कंचनपुरकी ४७ वर्षीया महिला र घोराही ३ दाङकी ५६ वर्षीय महिलाको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २८४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २६४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा बाबुले गरे छोराको हत्या

१३ जेष्ठ २०७८, बिहीबार ०९:५५
कोहलपुर (बाँके) : कोहलपुरमा एक जना बाबुले आफ्नै छोराको हत्या गरेका छन् । कोहलपुर वडा नं. १२ चप्परगौडिमा बुधबार राती करिब सवा ९ बजे बाबुले छोरोलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको कोहलपुर प्रहरीले जनाएको छ । चप्परगौडी बस्दै आएका ठाकुरप्रसाद ओलीले अन्दाजी १९ बर्षका आफ्नै छोरा पोषण ओलीको बुधबार […]

सम्बन्धित