रमदानको अवसरमा अध्यक्ष शाहद्धारा शुभकामना व्यक्त

सदरलाइन संवाददाता १० चैत्र २०७९, शुक्रबार १३:१५
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानले विविध धर्म र संस्कृति अँगाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

शुभकामना दिँदै अध्यक्ष शाहले पवित्र महिना रमदानको अगमनसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘रमदान मुवारक’ भन्दै शुभकामना दिए ।

इस्लामिक क्यालेन्डरअनुसार रमदानको एक महिनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रियहरूलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिएको अध्यक्ष शाहले बताए ।


अध्यक्ष शाहले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न राज्यलाई गम्भीर बन्न जरुरी रहेको जिकिर गरे ।

यसैगरी मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका केन्द्रीय अध्यक्ष एंव मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खानले रमदान महिनाले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने भन्दै शुभ कामना व्यक्त गरे ।

संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको बताउँदै मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न रमदानको रोजाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच शिविर

१० चैत्र २०७९, शुक्रबार १३:१५
नेपालगञ्ज : विश्व दृष्टि बिशेषज्ञ दिवसको अवसरमा नेपालगञ्जस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । दिवसको अवसरमा नेपाल दृष्टि बिशेषज्ञ संघ लुम्बिनी प्रदेशको नेतृत्वमा आयोजना गरिएको निःशुल्क शिविरमार्फत मानव सेवा आश्रम नेपालगञ्जमा रहेका सबैको आँखा जाँच गरिएको हो । शिविरमा आँखा जाँचसंगै चश्माको आवश्यकता भएका र […]