विपी स्मृती दिवसका अवसरमा महिला संघद्वारा प्रशिक्षण

सदरलाइन संवाददाता १५ श्रावण २०७९, आईतवार १५:०८
 

नेपालगञ्ज : विपी स्मृती दिवसका अवसरमा नेपाल महिला संघ बाँकेले एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आथित्यतामा आइतबार उक्त प्रशिक्षण आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा महिला संघका सदस्यहरुलाई अधिवक्ता लोकबहादुर शाहले कानुनका विभिन्न विषयबारे प्रशिक्षण दिएका थिए ।


सो क्रममा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निर्वतमान जिल्ला सभापति किरण कोइराला, पार्टीका लुम्बिनी प्रदेशका कार्यसमिति पदाधिकारी, जिल्ला कार्यसमिति पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रम महिला संघ बाँकेका सभापति नारायणी रुपाखेतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

१५ श्रावण २०७९, आईतवार १५:०८
नेपालगञ्ज : जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीप दुर्घटना हुँदा मुगु जिल्ला राराछायाँनाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । […]