धनगढी बसपार्कमा एकजना मृत फेला

सदरलाइन संवाददाता ५ जेष्ठ २०७९, बिहीबार १७:५९
 

नेपालगञ्ज : कैलालीस्थित धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका ४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र अन्दाजी ६० वर्षीय पुरुष मृत फेला परेका हुन् ।


भारत घर भएका उनको नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बुधबार मृत अवस्थामा फेला परेका उनको हालसम्म सनाखत हुन सकेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्त्रण

५ जेष्ठ २०७९, बिहीबार १७:५९
राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई राप्तीसोनारी गाउपालिका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र हस्तान्त्रण गरेको छ । राप्तीसोनारी गाउपालिका निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित ९ वटै वडाका वडा अध्यक्ष र सदस्यलाई एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्त्रण गरिएको हो । प्रमाणपत्र वितरण […]