बाँकेमा मंगलवार ५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २८ मंसिर २०७८, मंगलवार १४:४१
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा पाँच जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा बाँकेका चारसहित पाँचजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार चार सय ७९ पुगेको छ ।


बागेश्वरी ल्यावमा ८ र कोहलपुर मेडिकल कलेजमा २२ नमुना जाँच्दा सबै नेगेटिभ आएको थियो ।

यस्तै मंगलवार थप एक जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्र्चाज हुनेको संख्या १८ हजार एक सय २१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा बुधबारदेखि बाघ गणना गरिँदै

२८ मंसिर २०७८, मंगलवार १४:४१
नेपालगञ्ज : बर्दिया राष्ट्रिय निकुञ्जमा मंसिर २९ गतेबाट बाघको गणना शुरु हुँदै छ । निकुञ्जले बाघ गणनाका लागि अघिल्लो सोमबार र मंगलबार प्राविधिकलाई प्रशिक्षण दिएको छ । हरेक चार वर्षमा बाघ गणना हुन्छ । पछिल्लो गणनामा ८७ वटा बाघ भेटिएकामा यस वर्ष बाघको संख्या बढ्ने र १ सय १५ देखि […]