२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

जनमतको रक्तदान कार्यक्रम सम्पन्न



सदरलाइनडटकम,
नेपालगञ्ज : जनमत अद्र्ध साप्ताहिकले द आर्ट अफ लिभिङ, बाँकेको सहकार्यमा आज सम्पन्न वृहद् रक्तदान कार्यक्रममा ४ जना महिलासहित ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्वयम्सेवी रक्तदाता, पत्रकार, व्यवसायी, कर्मचारी लगायतले रक्तदान गर्नु भएको हो ।
शनिवार भएको कार्यक्रममा जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले दुई जना प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे । जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’को उद्देश्यका साथ नियमितरुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४३ औं श्रृङ्खलामा रक्तदान गर्ने रक्तदाताहरुलाई द आर्ट अफ लिभिङका प्रमुख प्रशिक्षक काव्य लम्साल र सम्पादक चुकेले प्रशंसा पत्र वितरण गरे ।
कार्यक्रममा स्वयम्सेवी रक्तदाता युवा समाजसेवी डिला शाह, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, हरित अभियानका अभियन्ता हेमन्त काफ्ले, नियमित रक्तदाता नीरजमान श्रेष्ठ, श्वेता बज्राचार्य, सिंह, सुश्री विष्णु सिंह ठकुरी, श्रृष्टी खड्का, पप्पु कुमार जायसवाल, अमित अग्रवाल, पत्रकार शंकरप्रसाद खनाल, कलाकार प्रशान्त चौवेलगायतले रक्तदान गरेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ३२ गते शनिबार
ताजा समाचार