२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

आमा गुमाएकाहरुको अध्यक्ष सांसद नमुना



सदरलाइनडटकम,
नेपालगञ्ज : आमा गुमाएका चेलीहरुको बाँकेमा भएको भेलाले प्रदेश सांसद कृष्णा केसी नमुनाको अध्यक्षतामा १५ सदस्यीय सञ्जाल गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा किरण आचार्य, सचिवमा सावित्री गिरी, सहसचिवमा विजया धिताल, कोषाध्यक्षमा तारा खत्री रोकाय रहेका छन् ।
सदस्यहरुमा लता शर्मा, जयन्ती खत्री, नारायणी रुपाखेती, अछरी पोखरेल, गणेशा कार्की, मीना मल्ल पुन, सरस्वती मल्ल, मैमुना सिद्दिकी, रेखा गुप्ता र गीता राना रहेका छन् । सञ्जालले आमाको सम्झनामा विभिन्न सामाजिक काम गर्ने उद्देश्य राखेको छ ।
दुई वर्षअघि आमा गुमाएर छट्पटिएकी नवगठित तदर्थ समितिका अध्यक्ष कृष्णा केसी नमुनाले यो भेलाबाट संगठित आमा गुमाएका दिदी वहिनीहरुको निश्कर्ष पछि आफुभित्र गुम्सिएको विछोडको पीडालाई केही हदसम्म भएपनि मल्हम पट्टी दिन सहयोग भएको बताइन् ।
बाँके क्षेत्र नं. १ का प्रदेश साँसद् समेत रहेकी नमुनाले यो समिति नेपालमै पहिलो भएकोले सबै छोरी चेलीलाई समेटेर विभिन्न सामाजिक काममा अगाडी बढ्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा धम्बोझी माध्यमिक विद्यालयकी पूर्व प्रधानाध्यापकसमेत रहेकी उपाध्यक्ष किरण आचार्य, समाजसेवी तथा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष तथा सञ्जालकी सदस्य लता शर्मा, तथा सञ्जालकी सदस्य व्रम्हाकुमारी खिम कुमारी न्यौपानेलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतबार
ताजा समाचार