२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

विपी अध्ययन प्रतिष्ठान बाँकेद्वारा बृक्षारोपण



सदरलाइनडटकम,
नेपालगञ्ज : विपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेले शनिवार नेपालगञ्जमा बृक्षारोपण गरेको छ । ३७ औं विपी स्मृति दिवसका अवसरमा ट्राफिक चोकमा प्रतिष्ठानले २६ वटा विरुवा रोपेको हो । कांग्रेस नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा समी, गुल्मोहर, छतिवन र राज बृक्षका विरुवा रोपिएको हो ।
प्रतिष्ठान बाँकेका अध्यक्ष सुधांशु कोइरालाले कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालालाई समीको विरुवा हस्तान्तरण गरेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको थियो । बृक्षारोपण कार्यक्रममा बोल्दै काँग्रेस नेताहरुले विपी कोइरालाले देखाएको बाटोमा सबै काँग्रेसजन हिंड्न जरुरी रहेको बताएका थिए ।
हरियाली, स्वस्थ वातावरण र मानव स्वास्थ्यका लागि नेपालगञ्जमा विरुवा रोप्न जरुरी रहेको देखेर विपीलाई सम्झँदै आफूहरुले बृक्षारोपण कार्यक्रम गरेको प्रतिष्ठानका अध्यक्ष कोइरालाले बताए ।
कार्यक्रममा काँग्रेस सभापति कोइराला, पूर्व पार्टी सभापति एवम् प्रतिष्ठानका सल्लाहकार सनत रेग्मी, पूर्व सांसद् मैकुलाल बाल्मिकी, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, महिला संघकी अध्यक्ष नारायणी रुपाखेती, शिक्षक संघका अध्यक्ष विरन्द्र यादव, प्रतिष्ठानका उपाध्यक्ष तोजिन्द्र विक र सदस्य विश्वजीत तिवारीले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिबार
ताजा समाचार