सदरलाइनडटकम,
दाङ : दाङको लमही नगरपालिका वडा नं. ७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्नेक्रममा ढलान भत्किँदा तीन मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
उद्योगको छैठौं तलामा नयाँ प्लान्ट निर्माणको क्रममा शुक्रवार राती २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यप, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । घाईते हुनेमा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ रहेका छन् ।
जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारका लागि बुटवल लगिएको छ । दिपेनको फलोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज गरिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
