वडा तहसम्म मानव वेचबिखन नियन्त्रणको संयन्त्र बन्ने

सदरलाइन संवाददाता १७ श्रावण २०७८, आईतवार १६:१८
 

नेपालगञ्ज : मानव बेचबिखन नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकाका सबै वडासम्म संयन्त्र निर्माण गरिने भएको छ । मानव बेचबिखन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसँगको बार्षिक समीक्षा र योजना बैठक आईतबारदेखि नेपालगञ्जमा शुरु भएको छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले सम्पूर्ण वडा तहसम्म समिति गठन गरेर अघि बढ्ने योजना रहेको बताइन् । उनले विगतको कामको समीक्षा गर्दै भावी कार्ययोजना बनाइने जानकारी दिइन् ।

नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले मानव बेचबिखन नियन्त्रणका लागि टोलस्तरसम्म प्रभावकारी संयन्त्र निर्माण गरि अघि बढ्न खोजिएको बताइन् ।


नेपालगञ्ज उपमहानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव तथा मानव बेचबिखन नियन्त्रणको अभियानमा सहभागी संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको छ ।

सामाजिक विकास समितिका संयोजक वसन्ता जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपालका केशव कोइराला, अधिकारकर्मी कमला पन्त, महिला विकास अधिकृत मञ्जु पाण्डे लगायतले विभिन्न विषयमा सहजिकरण गरेका छन् ।

मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन मुलुककै पहिलोपटक नेपालगञ्जले कार्यविधि बनाएको छ । कार्यविध अनुसार समिति गठन लगायतका काम भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटन मजदुर र कोभिड संक्रमितलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण

१७ श्रावण २०७८, आईतवार १६:१८
नेपालगञ्ज :  पर्यटन प्रबद्र्धन समिति बाँके र नाटा बाँकेको सहकार्यमा भेरी अस्पतालमा उपचारमा रहेका कोभिड–१९ संक्रमितका आफन्तलाई स्वास्थ्य सामाग्री र बाँकेमा पर्यटनका क्षेत्रमा कार्यरत मजदुरका लागि खाद्यान्न राहत वितरण गरिएको छ । नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईको प्रमुख आथित्यमा भेरी अस्पतालको कोभिड वार्डमा उपचारको लागि भर्ना भएको संक्रमितका आफन्त ३८ […]