पुस्तक दिवसको अवसरमा बिपन्न विद्यार्थीलाई पुस्तक उपहार

८ माघ २०७४, सोमबार १९:५३
 

सदरलाइनडटकम 
८ माघ, नेपालगन्ज : सरस्वती पुजा तथा पाँचौ पुस्तक दिवसको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केले सोमबार बाँकेको खजुरा गाउपालिकास्थित तिर्खा प्राथमिक विद्यालयका अति बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
पठ्न संस्कृतिको विकास गर्न बाँकेका पुस्तक व्यसायीहरुले ‘बिपन्न विद्यार्थीलाई पुस्तक उपहार’ अभियान सञ्चालन गर्दै आएको सो अभियान अन्र्तगत यसपटक पनि पचहत्तर जना विद्यार्थीलाई एक कार्यक्रमकाबीच सो विद्यालयमा शैक्षिक सामाग्रीहरु बितरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केका अध्यक्ष बुद्धिप्रसाद अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार, विद्यार्थी बाहेक विद्यालयका लागि पनि शैक्षिक सामाग्री बितरण गरिएको छ । ‘हरेक वर्ष आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सकभर वर्षदिनभर पुग्ने पाठ्यपुस्तक तथा अन्य सामाग्रीहरु बितरण गर्छौ’– अध्यक्ष अधिकारीले भने ।
पुस्तक हस्तान्तरण कार्यक्रममा खजुरा गाउ“पालिकाका स्रोत ब्यक्ती जयप्रकाश शाह, जनक शिक्षा सामाग्री केन्द्रका क्षेत्रीय प्रमुख रबिन्द्र शर्मा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायायी महासंघ प्रदेश नम्बर ५ का सचिव रामप्रशाद गौतम, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर राना, शिक्षक अभिभावक संघका अध्यक्ष मनबहादुर गुरुगं, बिद्यालयका प्रअ शुन्दर गुरुगं, धम्बोझी माविका सहायक प्रअ बामदेव सुवेदी, महासंघका निबर्तमान अध्यक्ष हेमराज पौडेल, उपाध्यक्ष मन्दिरा पाण्डे लगायतको हसभागिता रहेको थियो ।
सचिव सागर ज्ञवालीले सन्चालन गरेको कार्यक्रममा स्वागत महासंघका कार्यसमिति सदस्य प्रदिप सापकोटाले दिएका थिए । आफुहरुको सहयोग अपर्याप्त भए पनि पुस्तक दिवशको पहिचान दिनका लागि यसो गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार बसन्त लामिछानेले बताए ।
उनका अनुसार पढन संस्कृतिको विकास गर्न बिद्यालयस्तरबाटै जागरण ल्याउनको लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यसपाली महासंघले पढ्न संस्कृतिको विकास गर्नका लागि नेपालगन्जमा शैक्षिक महोत्सव समेत आयोजना गरेको थियो । सो महोत्सवमा दुई लाख बढिले अवलोकन गरेका थिए । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य हरि तिमिल्सेनाले पढन संस्कृतिको विकासका लागि सरोकारवाला निकायहरुले चेतनामुलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताए । उनले प्रविधिको युगमा पनि पुस्तक उपयोगी बन्दै गएको भन्दै यसलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने तर्क गरे ।

Next Post

महोत्सवको नाउमा सडक खनेर गेट नबनाउन आग्रह

८ माघ २०७४, सोमबार १९:५३
सदरलाइनडटकम  ८ माघ, नेपालगन्ज : महोत्सवको नाममा सडक खनेर खाडल नबनाउन नेपालगन्ज उद्योग बाणिज्य संघलाई यहाँका नागरिक अगुवाहरुले आग्रह गरेका छन् । नेपालगन्जको सडक बाटो संरक्षणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघको ध्यानाकर्षण गराईएको छ । निर्माण नसकिदै खाल्डा—खुल्डीमा रुपान्तरण भएको सुर्खेतरोड सडकखण्ड खनेर नेपालगन्ज उद्योग बाणिज्य संघले व्यापार मेलाका लागि […]

सम्बन्धित