नेपालगञ्जस्थित सरकारी कार्यालय अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयद्वारा बिरोध

१२ आश्विन २०७५, शुक्रबार १८:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सरकारी कार्यालयहरु नेपालगञ्जबाट अन्यत्र सार्न लागिएको प्रति यहाँको अगुवा, बुद्धिजीवीहरुले विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा पुगेर नेपालगञ्जका अगुवाहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटी यहाँका कार्यालयहरु अन्यत्र सार्ने कार्यको विरोध जनाएका हुन् ।
यातायात व्यवस्था कार्यालय, सूचना तथा सञ्चार केन्द्र लगायतका कार्यालय अन्यत्र सार्ने कार्यको विरोध गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकालाई सरकारी कार्यालयविहीन बनाउने षंणयन्त्र भईरहेकोले यहाँका सरकारी कार्यालय अन्यत्र सारिए उनीहरुले कडा अन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । ऐतिहासिक शहर नेपालगञ्जप्रति विभिन्न षणयन्त्र भए कुनैपनि हालतमा चुप बस्नने स्थानीयहरुले बताएका छन् ।
नेपालगञ्जका कुनैपनि कार्यालय यँहाबाट जान नदिनका लागि नेपाकाका केन्द्रीय सदस्य मोहम्मद हारुन माननिय बिजयबहादुर यादव नेकपा नेता दमोदर अर्चाय नेकपाका नेता निरक गुरुङ, नेकपाका नेता लालित रौनियार, उद्योग व्यापार संघका निवर्तमान महासचिव विष्णु लामिछानेलगायतले प्रमुख जिल्ला अधिकारीलाई भेटी नेपालगञ्जमा रहेको कार्यालय अन्यत्र सार्न नहुने जानकारी गराएका छन् । आईतवार जिल्ला प्रसाशनमार्फत नेपाल सरकारका सम्बन्धित मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । सम्बन्धित कार्यालयहरुका लागि अवश्यक पर्ने जग्गा नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराउने बताएको छ ।

Next Post

स्वास्थ्य सेवाको प्रभावकारिताबारे संयुक्त अनुगमन

१२ आश्विन २०७५, शुक्रबार १८:००
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाअन्तर्गत इन्द्रपुर र बेलभार स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा शुक्रवार संयुक्त अनुगमन गरिएको छ । सो क्रममा स्वास्थ्य चौकीले प्रवाह गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो । सेभ द चिल्डे«नको सहकार्यमा बाँके युनेस्को क्लवद्वारा सञ्चालित मातृ नवजात […]