करेन्ट लागेर महिलाको मृत्यु

३२ जेष्ठ २०७६, शनिबार १६:४७
 

सदरलाइनडटकम,
जानकी (बाँके)   :  बाँकेको जनाकी गाउपालिका–१ बरहैया गाउँमा शनिबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार आफ्नै घरमा कुचो लगाउदै गर्दा २० वर्षिया अनिता गुप्तालाई करेन्ट लागेर उनको मृत्यु भएको हो ।

स्थानीयका अनुसार मृतकका बुवाले अटो रिक्सा चार्ज गर्न जोडेको बेलामा आँगनमा कुचो लगाउदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो ।


यसैबीच बाँके राप्ती सोनारीको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा खटेको एक भारतीय मुलको मजदुरको मृत्यु भएको छ ।

शुक्रबार साँझ ४ बजे तिर पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएको भारत पश्चिम बंगाल मालदाको १८ वर्षिय मरिउल स्लामको उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक दुवैको शव आवश्यक अनुसंधान पुरागरी अन्तिम संस्कारको लागि आफन्तको जिम्मा लगाएको छ ।

Next Post

कृषि ज्ञानकेन्द्र र स्थानीय तहबीच समन्वय आवश्यक

३२ जेष्ठ २०७६, शनिबार १६:४७
सदरलाइनडटकम,  नेपालगञ्ज    : कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले कृषि विकासका लागि स्थानीय तह र ज्ञान केन्द्रबीच समन्वयकारी भूमिका हुन आवश्यक रहेको बताएका छन । कृषि ज्ञानकेन्द्रले शनिबार नेपालगञ्जमा स्थानीय तहका कृषि प्राविधिक तथा कृषि कर्मचारी र ज्ञान केन्द्रका कर्मचारीवीच समन्वयात्मक कृषि विकास कार्यक्रम कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा बोल्दै […]