सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमवार बिहान आगलागी भएको छ । आगलागीबाट उद्योगको गोदाम घरमा भण्डारण गरिएको करीब ५० लाख मूल्य बराबरको कपास जलेर नष्ट भएको उद्योग सञ्चालकले बताएका छन् ।
आगलागीको खबर पाएलगत्तै नेपालगञ्ज उपमहानगरपालिकाबाट पुगेको दमलकको सहायतामा प्रहरी र स्थानीय बासिन्दाको टोलीले आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाङीले जानकारी दिए ।
बिहान १० बजे उद्योगमा कोही नभएको अवस्थामा भित्रबाट धुवाँ निस्केपछि आगो लागेको थाहा भएको हो । शारदा कपास उद्योगमा अघिल्ला वर्षमा पनि आगलागी भएको थियो । आगलागीको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Next Post
चीन र भारतमा पनि नेपाली सिम प्रयोग गर्न सकिने
१६ बैशाख २०७६, सोमबार १७:२०
सम्बन्धित
-
९ जेष्ठ २०७७, शुक्रबार १७:३७
मुख्यमन्त्रीसहित १६५ को कोरोना रिपोर्ट नेगेटिभ
-
८ श्रावण २०७७, बिहीबार १०:३७
प्रदेश पाँचबाट दाङ्गका बस्नेत भुमी समस्या आयोगका सदस्य
-
१० असार २०७६, मंगलवार १९:५७
खजुराद्वारा ६६ करोडको बजेट प्रस्तुत
-
२ फाल्गुन २०७९, मंगलवार १३:४१
हत्या अभियोगमा फरार लालमणि नरैनापुरबाट पक्राउ
-
१३ माघ २०७६, सोमबार १४:३८
ए डिभिजन लिगमा पुलिससँग एपीएफ पराजित