नेपालगञ्जस्थित फेन्सी पसलमा आगलागी

सदरलाइन संवाददाता १८ भाद्र २०८०, सोमबार १३:१३
 

नेपालगञ्ज : नेपालगञ्जको एक पसलमा आगलागी भएको छ । आइतवार राती साढे २ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोकस्थित अत्तर अन्सारीले आफ्नै घरमा सञ्चालन गरेको नेपाल कलेक्शन फेन्सी पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।


बिजुलीको लाइन सर्ट भएर अचानक आगलागी भएको बताइएको छ । आगलागी लगत्तै पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण मालसामान (लेडिज र जेन्ट्स फेन्सी कपडा) जलेर नष्ट भएको छ । आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा छैन रेबिजविरुद्धको खोप

१८ भाद्र २०८०, सोमबार १३:१३
नेपालगञ्ज : भेरी अस्पतालमा रेविज विरुद्धको खोपको अभाव भएको छ । एक महिनादेखि खोपको अभाव भएपनि समस्या सल्टिन सकेको छैन । अस्पताल प्रशासनले भने हप्ता दिनदेखि मात्र खोप अभाव भएको दावी गरेको छ । खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान […]