२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

आवेशमा आएर आरोप लगाए  : बर्मा



सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगन्ज–बाँकेको डुडुवा–२ नेउडिगौडी निवासी उषाकुमारी बर्माले अधिवक्ता विकास आचार्यमाथि लगाइएको आरोप झुटो भएको बताएकी छन । उनले आफु आवेशमा आएर आरोप लगाएको बताईन ।
बर्माले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि अधिबक्ता आचार्यमाथि झुक्याएर जग्गा पास गरेको भन्ने आरोपको खण्डन गदै आफुले राजी खुशीनै जग्गा बिक्री गरेको जानकारी दिईन ।
अधिबक्ता आचार्यलाई आफुले मनखुशीले नै जग्गा बिक्री गरेको बताउदै उनले केही स्थानीयले आफुलाई प्रलोभनमा परेर गलत बोल्न लगाएको दावी गर्दै भनिन–‘मलाई सन्चो पनि थिएन स्थानीय एक दुई जनाले जवर्जस्ती अन्यथा बोल्न लगाएर
वकिलसापको विरोध गरेको हुँ । वकिल सापको केही गल्ती
छैन, मैले आफ्नै खुशी राजीले पुरै रकम लिएर उहाँलाई कानुन अनुसार जग्गा बेचेकी हुँ हिसाब किताब सबै भइसक्यो, केही पनि लेनदेन छैन ।’ माईती पक्षमा अंशियार नभएको र उनले आफ्नो भारत बहराईचको अहलाद गाउमा विबाह भएको र सो जमिन बेचेर भारतमा घर बनाएको दाबी गरिन ।
यसैबीच अधिवक्ता आचार्यले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् । नागरिकको संबैधानिक तथा कानुनी हक अनुसार देशको नियम कानुन अनुसार नै आफुले जग्गा खरिद गरेको बताएका छन् ।

प्रकाशित मिति : २०७६ जेठ २ गते बिहीबार
ताजा समाचार