अफ्रिकी मुलुकमा समुद्री चक्रवात, लाखौं प्रभावित

६ चैत्र २०७५, बुधबार १५:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : संयुक्त राष्ट्र संघले समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएको जनाएको छ । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण मानिसहरु विस्थापित भएका हुन् ।
राष्ट्र संघको मौसमसम्बन्धी निकायले इडाई चक्रवात पृथ्वीको दक्षिणी गोलार्धमा भएको मैसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने जनाएको छ । चक्रवातले सबैभन्दा बढी मोजाम्बिक, जिम्बाब्वे र मलावी प्रभावित भएका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिपे न्युसीले चक्रवातका कारण आफ्नो मुलुकमा मात्र एक हजारभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् ।
चक्रवात प्रभावित मुलुकहरुबाट २५ लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा प्रभावित भएको बताइएको छ । मोजाम्बिक सरकारले बन्दरगाह शहर बेयरामा मात्र एक लाखलाई तत्कालै उद्धार गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ । चक्रवातका कारण बुजी नदी फुटेर ५० किलोमिटर क्षेत्र डुवानमा परेको बताइएको छ ।
अहिले पनि कयौं मानिस पानीमा डुबेरै उद्धारको प्रतिक्षा गरिरहेको सहायताकर्मीहरुलाई द्धदृत गर्दै अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठाउँठाउँमा राजमार्गमा पहिरो जाँदा उद्धारमा समेत समस्या भएको छ । रेडक्रसले प्रभावित क्षेत्रमा हैजा र पानीजन्य प्रकोपहरू फैलनसक्ने चेतावनी दिएको छ ।
(एजेन्सी)

Next Post

किर्ते नगरेको प्रमाण पत्रकार महासंघद्वारा सार्वजनिक

६ चैत्र २०७५, बुधबार १५:३१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले किर्ते हस्ताक्षर गरी नेपालगञ्ज उपमहानगरपालिकाबाट कुनै पनि रकम नलिएको प्रमाण सार्वजनिक गरेको छ । शाखाले बुधबार नेपालगञ्जको बिपीचोकमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बिभिन्न प्रमाणहरुले पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, बर्तमान बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेललगायतको नाममा किर्ते हस्ताक्षर गरी उपमहानगरपालिकाबाट कुनै पनि […]