लागू औषधसहित चौधरी पक्राउ

१८ जेष्ठ २०७४, बिहीबार १९:२१
 

सदरलाइनडटकम  
१८ जेठ, नेपालगन्ज : बाँके प्रहरीले लागू औषध सहित एक जनालाई जमुनाह नाकाबाट नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईले दिएको जानकारी अनुसार सीमा पारी रुपैडिहाबाट नेपालगन्ज आउदै गरेको कोहलपुर–१५ का अजय चौधरीका साथबाट १४ सिसि अल्टोरेक्ससहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
यसैगरी बिहीबार नै भारतबाट नेपालगन्जतर्फ ल्याईदै गरेको १सय २० वटा बोईलरका चल्ला र २० थान प्लास्टिकको बाटा प्रहरी चौकी साईगाउले नियन्त्रणमा लिएको छ ।
विहीबार बिहान पूर्वपश्चिम राजमार्गको चप्परगौडीमा रा १ च नं.को एम्बुलेन्सले पैदल यात्री १८ वर्षिया निशा खत्रीलाई ठक्कर दिई घाइते बनाएको छ । घाइते खत्रीको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भईरहेको र चालक सहित एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय कोेहलपुरको नियन्त्रणमा रहेको छ ।
यसैगरी विहान साढे ८ बजे धम्बोझीदेखि कारकाँदो तर्फ जाँदै गरेको जयसपुर गाविस ६५४ नं. को अटोरिक्सालाई विपरित दिशाबाट आउदै गरेको भे ४ प १७६८ ले पुष्पलालचोक नजिकै ठक्कर दिदा अटो रिक्सा चालक ६५ वर्षिय युसुफ राईको बाँया हाल भाँचिएको छ । भने मोटरसाईक र अटो रिक्सा प्रहरी नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्षेत्रीय सभापति र सांसद कुर्मी माथि कारवाहीको मागगर्दै बाँके काँग्रेसमा आमरण अनसन

१८ जेष्ठ २०७४, बिहीबार १९:२१
सदरलाइनडटकम    १९ जेठ, नेपालगन्ज : नेपाली काँग्रेसका मजदुर नेता राजु थापा शुक्रबारदेखि नेपाली काँग्रेस बाँके मै आमरण अनसन बसेका छन । स्थानीय तहको निर्वाचनको उम्मेदवार छनौट प्रकृयामा नेपाली काँग्रेस क्षेत्र नं.३ का क्षेत्रीय सभापति रमेश गुप्ता र सांसद बादशाह कुर्मीले विधि र प्रकृया मिचेर एकपक्षिय ढंगले गरेको उम्मेदवार सिफारिसका […]

सम्बन्धित