नगरप्रमुख रावतसहित परिवारका चारजनामा कोरोना संक्रमण

सदरलाइन संवाददाता ५ माघ २०७७, सोमबार १५:२७
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावत कोरोना संक्रमित भएका छन । जनकार्यमा निरन्तर रहेका नगरप्रमुख रावतलाई सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

गत पुस २८ गतेदेखि सामान्य रुघाखोकी देखा परेको नगरप्रमुख रावतले आईतबार स्वाब जाँचको लागि नमुना दिएकोमा सोमबार मात्र आफुलाई कोरोना पुष्टि भएको सचिवालयलाई जानकारी गराएको कोहलपुर नगरपालिका नगरकार्यपालिका सदस्य भिमबहादुर नेपालीले जानकारी दिए ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आईशोलेशनमा बसेर स्वास्थ्य लाभ लिईरहेको कार्यपालिका सदस्य भिमबहादुर नेपालीले जानकारी दिए । नगरप्रमुख रावत संगै उनकी जीवन संगिनी, छोराबुहारी समेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।


कोहलपुर नगरप्रमुख रावत कोरोना संक्रमित भएको जिल्ला कोभिड–१९ फोकल पर्शन तेज ओलीले समेत पुष्टि गरेका छन ।

 

Next Post

होम आइसोलेशनमा बसेका बाँकेका दुई जनाको मृत्यु

५ माघ २०७७, सोमबार १५:२७
नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० बर्षीय पुरुषको सोमवार राती होम आइसोलेशनमै मृत्यु भएको हो । पुष २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको […]

सम्बन्धित