बाँकेमा थपिए दश कोरोना संक्रमित

; १३ भाद्र २०७७, शनिबार १६:३३
 

नेपालगञ्ज : शनिवार बाँकेका १० सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका ८ तथा नरैनापुर र जानकी गाँउपालिकाका एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा माछापुछ्रे बैंकका कर्मचारीसहित नेपालगन्जका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


श्रेष्ठका अनुसार जानकी गाँपालिकाका २३ वर्षीय पुरुष र नरैनापुरका ५५ वर्षीय महिलामा समेत संक्रमण देखिएको छ । यस्तै भेरीमै गरिएको परीक्षणमा तुलसीपुर दाङका ४७ वर्षीय पुरुष र बर्दियाका २४ र २५ वर्षीय दुई पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १९ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । शनिवार थपिएको १० सहित बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ८६ पुगेको श्रेष्ठले बताए ।

Next Post

तिलक परियारको ‘सुन हजुर’ सार्वजनिक

१३ भाद्र २०७७, शनिबार १६:३३
लक्ष्मी तिमिल्सेना/नेपालगञ्ज : राष्ट्रियस्तरका कलाकारहरुले कारोना महामारीकै बीच पछिल्लो समय गीतहरु सार्वजनिक गर्न थालेका बेला मोफसलमा बसेर कला क्षेत्रमा काम गरिरहेकाहरु पनि विस्तारै आफ्ना सिर्जनाहरु सार्वजनिक गर्न थालेका छन् । गायक तिलक परियारको “सुन हजुर” बोलको टप्पा गीत युट्युबमार्फत सार्वजनिक भएको छ । सो गीत गायक परियारको आफ्नै यु ट्युब […]