किर्ते नगरेको प्रमाण पत्रकार महासंघद्वारा सार्वजनिक

६ चैत्र २०७५, बुधबार १७:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले किर्ते हस्ताक्षर गरी नेपालगञ्ज उपमहानगरपालिकाबाट कुनै पनि रकम नलिएको प्रमाण सार्वजनिक गरेको छ । शाखाले बुधबार नेपालगञ्जको बिपीचोकमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बिभिन्न प्रमाणहरुले पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, बर्तमान बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेललगायतको नाममा किर्ते हस्ताक्षर गरी उपमहानगरपालिकाबाट कुनै पनि रकम नलिएको बताएको छ ।
किर्ते हस्ताक्षर बिषयलाई लिएर योजनाबद्धरुपमा समाचार प्रकाशित गर्दै महासंघलाई बदनाम गराउन खोजेपछि पहिलो पटक महासंघले सडकमै पत्रकार सम्मेलनको आयोजना गरी बास्तविकता सार्वजनिक गरेको हो । नेपाल पत्रकार महासंघ बिशुद्ध पत्रकारको मात्र नभई समग्र समाजको अगुवा संस्था भएको भन्दै बाँकेका अध्यक्ष ठाकुर सिँह थारुले महासंघबिरुद्ध गरिएका अनर्गल प्रचारबाजी र भ्रम तोड्न पहिलो पटक सडकबाटै बास्तविकता सार्वजनिक गरेको बताए । उनले अब कुनै पनि हाम्रा सदस्य र समाजका अगुवाले महासंघबिरुद्ध छरिएका भ्रमलाई नभई प्रमाणलाई बिश्वास गर्नुहुनेछ भन्ने अपेक्षा लिएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकासंग महासंघले कुनैपनि कार्यक्रमका लागि सम्झौता नगरेको अध्यक्ष थारुले बताए । उनका अनुसार पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष समेत रहेका उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाईमार्फत मिडियाका लागि पत्रकारिता सम्बन्धी कार्यक्रममा महासंघले सहकार्य गरेको थियो । ‘उहाँ हाम्रो सल्लाहकार समेत भएकाले बिश्वासका आधारमा महासंघले पत्रकारिताको विकासका लागि सहकार्य गरेको थियो ।’ अध्यक्ष थारुले भने,–‘पत्रकारिता क्षेत्रको विकासका लागि यसो गर्नु नयाँ काम थिएन ।’
महासंघले उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाईसंग मिडिया दिगो विकास कार्यक्रमका लागि १ लाख, युवाहरुलाई आधारभुत विकास पत्रकारिता तालिमका लागि १ लाख १० हजार ५ सय, सञ्चारगृह तथा प्रकाशनको अवस्थाका लागि ७१ हजार, सञ्चारमाध्यम अनुगमनका लागि ५० हजार, वडा अध्यक्षहरुलाई सञ्चार अभिमुखिकरणका लागि ६० हजार गरी जम्मा ३ लाख ९१ हजार ५ सयको सहकार्य गरेको थियो ।
तर, महासंघले प्रेस सल्लाहकार चौलागाईमार्फत् कार्यक्रम गरेबापत ३ लाख ३५ हजार मात्र लिएको जनाएको छ । सबै कार्यक्रमको विवरण र बिलभरपाई सम्झौता गरेकै पक्षबाटै फच्छर््यौट भएकोले महासंघको कुनै संलग्नता नरहेको अध्यक्ष थारु स्पष्ट पारे । महासंघ अध्यक्ष थारुले कस्ले, कस्को किर्ते गरेर उपमहानगरपालिकाबाट रकम निकासा गर्यो भन्ने यथार्थ बुझ्न पनि सार्वजनिक रुपमै अपील गरेका छन् ।
महासंघले उपमहानगरपालिकासँग कुनै पनि सम्झौता नगरे पनि महासंघलाई विवादित बनाउनु दुःखद कुरा भएको उनले जिकिर गरे । वस्तुनिष्ट, सत्य तथ्य र सन्तुलित समाचार प्रकाशित गर्नका लागि उनले आग्रह गरे । साथै उनले नेपाल पत्रकार महासंघको विधान र आचारसंहिता कार्यान्वयन गर्न सुझाव दिए । पत्रकार महासंघको गरिमा घट्ने कुनै काम नभएको बताउँदै अध्यक्ष थारुले आगामी दिनमा पेशागत तथा भौतिक सुरक्षा मात्र नभई सामाजिक आन्दोलनमा पनि सक्रिय हुने बताए ।

Next Post

नरैनापुरमा प्रहरीको भवन उद्घाटन

६ चैत्र २०७५, बुधबार १७:१५
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ भगवानपुर स्थित इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको बुधवार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरेका हुन् । गाउँपालिकाको २० लाख आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख […]