मतदाताको गुनासो सुन्दै काँग्रेस उम्मेदवार पौडेल

सदरलाइन संवाददाता २६ बैशाख २०७९, सोमबार १९:१४
 

 

राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी गाँउपालिका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेले सोमबार मतदातालाई प्रत्यक्ष भेटेर उनीहरुको गुनासो सुनेका छन । मतदाताहरुको घरदैलो मै पुगेर उनीहरुका गुनासो सुनेको र धेरैका गुनासोलाई आफूले टिपोट गरेको उनले बताए ।


मौनअबधी सुरु हुने समय नजिकिदै गर्दा पुगेका उनले मतदाता भेटघाट कार्यलाई तिब्रता दिएको बताए । भेटघाटका क्रममा मतदाताहरुले सिंचाई, खानेपानी, बाटोघाटो, मल विउ लगायतका समस्या सुनाएका थिए ।

ती समस्या समाधान गर्ने योजना रहेको बताउदै अध्यक्ष पदका उम्मेदवार पौडेलले जनताको सेवामा सधै सर्मपित हुने प्रतिवद्धता जनाए ।

यसैक्रममा राप्तिसोनारी गाँउपालिका वडा नम्बर २ को हरीहरपुर र वडा नम्बर ६ मा पनि मतदातासंग भेटघाट गरिएको छ । अध्यक्ष पदका उम्मेदवार पौडेल र उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारु लगायतले मतदाता भेटघाट गरिरहेको नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जलाई सुशासन युक्त शहर बनाउन एमाले प्रत्याशी मिश्रका यस्ता छन योजना

२६ बैशाख २०७९, सोमबार १९:१४
  नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको कुर्सीमा बस्न दौडधुप गरिरहेका उम्मेदवारहरुले विभिन्न बुँदा र शीर्षकमा आ–आफ्ना रणनीति, टिप्स र आश्वासनहरु बाँडिरहेका छन् । भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनका विषयमा पनि उम्मेदवारका आ–आफ्ना धारणा बाहिर आएका छन् । कसैले कसम खाएर भ्रष्टाचार नगर्ने र नियन्त्रण गर्ने बताइरहेका छन्, भने कसैले भ्रष्टाचार […]