नीति, कार्यक्रम र बजेट संसोधन पारित गर्दै खजुरा गाउँपालिकाको १४ औं गाउँसभा सकियो

सदरलाइन संवाददाता २७ पुष २०८०, शुक्रबार ०९:३५
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाको १४ औं गाउँसभा विभन्न नीति तथा बजेट संसोधन विधेयक पारित गर्दै सम्पन्न भएको छ ।

गत बुधवार बसेको गाउँसभाको कार्यसूची अनुसार खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले आर्थिक बर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट समिक्षा प्रस्तुत गरेकी थिईन ।

गत असारमा सम्पन्न गाउँसभाबाट स्वीकृत चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटको समिक्षा गरि यस सभाले बिकासको मार्ग प्रसस्त गर्ने विश्वास ब्यक्त गर्दै उपाध्यक्ष मल्लले यो आर्थिक बर्षको ६ महिनाको अवधिमा पुजिगत खर्च ८ दशमलब ४७ प्रतिशत र चालुतर्फ ३३ दशमलब ६१ प्रतिशत खर्च भएको सभामा खर्च बिबरण प्रस्तुत गरिन ।


यसैगरि खजुरा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष धनीरामा ओलीले योजनाहरु संसोधन र थप योजनाहरुलाई पूर्ण गर्न बजेट रकमान्तरका लागि शिक्षा, पशु, कृषि, न्यायिक समिति, उद्यम बिकास, वन वातावरण तथा बिपद शाखा, स्वास्थ्य, महिला, वालबालिका तथा जेष्ठ नागरिक लगायतका बिषयगत शाखा तर्फका योजना तथा कार्यक्रम संशोधन एवं रकमान्तर प्रस्ताव सभामा प्रस्तुत गरे ।

सभाको शुरु गराएका खजुरा गाउँपालिका प्रमुख डम्बर बिक तुफानले कार्यसूची अनुरुप नीति, कार्यक्रम तथा बजेट समिक्षा पारित भएसंगै सभाका सदस्यहरुलाई धन्यवाद दिँदै १४ औं गाउँसभा अन्त्यको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहकारी रकम अपचलनमा १९ जनालाई कैद सजाय

२७ पुष २०८०, शुक्रबार ०९:३५
नेपालगञ्ज : बाँकेमा सहकारी रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत बाँकेले सहकारी वित्तीय संस्था लिमिटेड नेपालगञ्जको रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि पाँच वर्ष कैद सजाय र चालिस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना तोकेको हो । कसुर ठहर हुनेमा […]

ताजा अपडेट