सिरक डसना तगेरै मासिक २० हजार आम्दानी

४ फाल्गुन २०७५, शनिबार १८:२१
 

सदरलाइनडटकम,


नेपालगञ्ज  : हातमा सिप र काम गर्ने जाँगर भए खाडिको विभिन्न ठाँउ पुगेर हन्टर खाने युवाका लागि स्वदेश मै खाडिमा भन्दा बढी कमाउन सक्ने नेपालगन्जका मधेशी मुस्लिम युवाहरुले उदाहरण देखाएका छन् । नेपालगन्जको बीपीचोकमा रहेको चाँद सिरक ईन्टर प्राईजेजमा सिरक डसना सिउने कारिगर मुमताज मियाँले हातमा सिप र जाँगर भए स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिने बताए ।
वीरगंज घर भएका मियाँ भन्छन्–‘सिरक, डसना सिलाउन सक्ने सिप आफुमा भएको कारणले नै सजिलैसँग काम पाएको छु । सिजनमा महिनाको २०–२५ हजार र अफ सिजनमा १०–१२ हजारसम्म नेपालमै बसेर कमाई रहेको छु ।’ उनले जाडो याममा बढी काम हुने भएकोले अधिक कमाई पनि हुने गर्मियाममा भने काम थोरै आउने भएकोले कमाई पनि थोरै हुने गरेको बताए । ‘सिरक डसना र सिरानी तगेको प्रति गोटाको ज्याला लिएर काम गर्ने भएकोले सिजनको बेलामा काम पनि धेरै आउने कमाई पनि धेरै हुने भएको हो’–उनले भने ।
बाँके डुडुवा–२ बेतहनी घर भएका सुरेन्द्र हरिजनले पनि सिरक डसना सिलाउने सिप आँफुमा भएकोेले महिनाको सिरक डसना बनाएरै २० हजारसम्म महिनामा कमाइ रहेको बताए । उनले भने–‘ सिप भएपछि आफनो ठाँउमा पनि राम्रो पैसा कमाएर घर खर्च चलाउन सकिन्छ, पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने आवश्यक छैन् ।’
विरगन्ज–१२ का ईर्शाद अन्सारी सिरक, डसनाका कारिगर हुन । खाना बस्ने व्यवस्थासहित मासिक १२ हजार तलव पाउने गरी बिगतका केही बर्षदेखि नेपालगन्जको बिपी चोकमा रहेको नेपाल सिरक सप्लायर्समा काम गर्दै आएका छन् । ‘मेरो सबै खर्च साहुले व्यहोरेर घरमा १२ हजार पठाउने गरेको छु’–उनले भने ।
हातमा राम्रो सिप भएका कारिगढको अभाव रहेको गुनासो गर्छन चाँद सिरक इन्टरप्राइजेज वीपीचौक नेपालगन्जका कारिगढ मोहम्मद अबुलैस । उनले भने–‘जति राम्रो काम त्यति नै राम्रो व्यापार, ग्राहकलाई काम मन परेपछि एक पटक मात्र नभई पटक–पटक आउछन् त्यसैले राम्रो र छिटो काम गर्न सक्ने सीप भएकोले भोकै मर्नु पर्दैन ।’
सिरक, डसना र तकिया उत्पादन गर्दै आएका उनले जाडो महिना शुरु हुनासाथ आफ्नो कामको सिजन सुरु हुने भएकोले यो सिजनमा अति नै कामको चाप हुने बताए । ‘राम्रो र छिटो काम गर्ने सीप भएका कारिगरले भनेको जत्ति ज्याला पनि पाउने र काम पनि छिटो सक्काउने भएकोले कामको भन्दा पनि कारिगरको अति माग रहेको छ’– चाँद सिरक ईन्टरप्राईजेजका सञ्चालक मोहम्मद एस ठकुराईले भने–‘कुनै बेला भारतीय कारिगर र भारतीय कपासको विगविगी नै थियो तर, अहिले भने त्यसो छैन । नेपाली कपास र नेपाली कारिगरले राम्रो बजारसंगै ज्याला पाएका छन् ।’
जाडोयाम सुरु भएपछि सिरक, डसना, सिरानी बनाउनका लागि बिभिन्न ठाँउका मानिसहरु नेपालगन्ज आउने गरेको ठकुराई बताउछन् । ‘पसलमा आएका ग्राहकले तुरुन्तै बनाईदिन आग्रह गर्दा सिरक, डसना सिलाई गर्ने सिप भएका राम्रा कारिगरलाई काम दिने गरेका छौ । सिप भएपछि सजिलै काम पाउन सकिन्छ ।’

Next Post

छुट्टाछुट्टै स्थानबाट चरेश र अबैध सूर्तीसहित पाँच पक्राउ

४ फाल्गुन २०७५, शनिबार १८:२१
सदरलाइनडटकम,  नेपालगञ्ज डेस्क  : पाँच नंं.प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ अपराध अनुसन्धान समुह ब्यूरोको प्रहरी टोलिले बुटवल उप–महानगरपालिका वडा नं. ९, नयाँ बसपार्कबाट शनिबार बेलुका ६ बजेको समयमा करिव ३० किलो लागू औषध चरेशसहित ३ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले आलुको […]

सम्बन्धित