२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

१८ सदस्यीय यु–१९ क्रिकेट टोली घोषणा



सदरलाइनडटकम,
काठमाण्डौ : रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रीय क्रिकेट परिषद (आइसीसी) ‘यु–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशिया’का लागि नेपाली टोली शनिवार घोषणा गरिएको छ । यसअघि, यु–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिए ।
१८ सदस्यीय नेपाली टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।
नेपाली टोली वल्र्डकप क्वालिफायरको तयारीका लागि भारत जाने र त्यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक दासले जानकारी दिए । ५२ खेलाडीबाट १८ खेलाडी छानिएका हुन् । यु–१९ वल्र्डकपको एसियन क्वालिफायरका खेल आगामी अप्रिल १० देखि २० सम्म मलेशियामा हुँदैछ । मलेसिया जानुअघि नेपालले भारतमासमेत अभ्यास खेलहरु खेल्नेछ । अभ्यास खेलका लागि नेपाली टोली शनिवारै भारत गएको छ ।
नेपाली टोलीमा फिजियो विनोद न्यौपाने र एनालिस्ट सुरज रत्न शाक्यपनि भारत गएका छन् । भारतमा नेपाली टोलीलाई ब्याटिङ कन्सलटेन्टमा अपूर्व देसाई र ट्रेनरकारुपमा सुवास पात्रोले सहयोग गर्ने प्रशिक्षक दासले जानकारी दिए । नेपालले भारतमा रहँदा आन्द्र प्रदेश क्रिकेट टोलीसँग चारओटा अध्यास खेल खेल्नेछ ।

प्रकाशित मिति : २०७५ चैत २ गते शनिबार
ताजा समाचार