२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

मालपोतबाट ८ जना कर्मचारी नियन्त्रणमा



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले ८ जना कर्मचारीलाई सरकारी कागजात किर्ते गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले सरकारी जग्गाको कागजात किर्ते गरेको आरोपमा सोमबार बेलुका भुमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका ८ जना कर्मचारीलाई नियन्त्रणमा लिई अनुसंधान सुरु गरेको जानकारी दिए ।

उनले भुमिसुधार तथा मातपोत कार्यालय बाँकेका ५, सोही कार्यालयबाट सुरुवा भर्ई गएका जिल्ला हुलाक कार्यालय बाँकेका १ जना र बर्दिया मालपोत बाट २ जना गरि ८ जना कर्मचारीलाई पक्राउ गरिएको बताए ।

प्रहरी उपरीक्षक पौडेलले पक्राउ परेका कर्मचारीले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागज किर्ते गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत ४ गते सोमबार
ताजा समाचार