२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

महिलाको जलेर मृत्यु



गौशाला, २५ पुस –

महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । साहको आज बिहान ४ः३० बजे आफ्नै सुत्ने कोठामा आगलागी भई जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

प्रहरीले निज महिलाको मृत्यु आफैँले आगो लगाएर वा अरु कसैले घरमा आगजनी गरिदिएर भएकोबारे सत्यतथ्य नखुलेको जनाएको छ । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने घटनाबारे आवश्यक अनुसन्धानसमेत शुरु गरिसकिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । मृतक महिलाको पति वैदेशिक रोजगारमा खाडीमुलुकमा रहेका छन् ।

प्रकाशित मिति : २०७५ पुस २५ गते बुधबार
ताजा समाचार