२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

पोषिला खाद्य पदार्थ उत्पादनमा राज्यमन्त्री चौधरीको जोड



सदरलाइनडटकम,
नेपालगञ्ज : कृषि तथा पशुुपँक्षी विकास राज्यमन्त्री रामकुुमारी चौधरीले आफ्नो परम्परागत पोषिला एवं खाद्य पदार्थको उत्पादनमा जोड दिनुपर्ने बताएकी छन् । परम्परा पोषिला एवं खाद्य पदार्थको पर्वद्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुुधार गर्रौ भन्ने मुुल नारका साथ शनिवारदेखि नेपालगञ्जमा शुरु भएको खाद्य मेलाको उद्घाटन गर्दै उनले परम्परागत पोषिला एवं खाद्य पदार्थको पर्वद्धन गरि असल पोषणको लागि खाने बानीमा पनि सुुधार गर्नुु पर्नेमा जोड दिइन् ।


तीन दिनसम्म सञ्चालन हुुने मेलामा स्थानीयस्तरमा उत्पादन गरिएका खाद्य पदार्थको स्टल राखिएको छ । मेलाको मुख्य उद्देश्य परम्परागत खानेकुुरा पनि मानव शरिरका लागि उतिकै पोषिलो भएकाले सर्वसाधारणलाई सचेतीकरणका लागि मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुुख ज्योत्सना श्रेष्ठले बताइन् ।


खाद्य प्रविधि तथा गुुण नियन्त्रण डिभिजन कार्यालय, सुुर्खेतका प्रमुुख भेषबहादुुर थापाले गाउँघरमा उत्पादन हुुने पुुराना खाद्य पदार्थ पनि शरीरका लागि उपयुक्त रहको सन्देश दिने लक्ष्यका साथ मेला आयोजना गरिएको जानकारी दिए । मेलाको उद्घाटन पूर्व विभिन्न धर्म, भाषाभाषी समुुदायले आ–आफ्नो भेषभुुषमा सजिएर नगरको परिक्रमा गरेका थिए । मेलामा चर्चित कलाकारको प्रस्तुुतीसमेत रहेको छ ।

प्रकाशित मिति : २०७५ मंसिर २८ गते शुक्रबार
ताजा समाचार