२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

६० टेब्लेट ‘नाईट्रोजपाम’ सहित बसका सहचालक पक्राउ



सदरलाइनडटकम
नेपालगञ्ज : भारतीय बजार रुपैडिहाबाट प्रतिबन्धित लागू औषध ‘नाईट्रोजपाम’ लिएर नेपालगञ्ज आउदै गरेका ताप्लेजुङ्गका एक युवा जमुनाहबाट प्रक्राउ परेका छन् । उनी झापा–नेपालगन्ज रुटमा सञ्चालन हुने यात्रुबाहक बसको सह–चालक भएको प्रहरीले जनाएको छ ।
लागू औषध नियन्त्रण यूरो नेपालगन्ज शाखा कार्यालयबाट खटेको टोलिले बिहीबार दिउसो साढे २ बजे ताप्लेजुङ्ग खुम्लिङ्ग नगरपालिका–१ का २१ वर्षिय सुनिल घिमिरेले रुपैडिहाबाट ६० टेब्लेट प्रतिबन्धित लागू औषध ‘नाईट्रोजपाम’ लिएर आउदै गरेको अवस्थामा प्रहरी नियन्त्रणमा परेका हुन ।
बाँके प्रहरी सह प्रवक्ता तथा मुद्दा शाखाका प्रमुख प्रहरी निरिक्षक रणबहादुर विष्टले घिमिरे प्रतिबन्धित लागू औषध ‘नाईट्रोजपाम’ सहित प्रहरी नियन्त्रणमा रहेको र उनी माथि अनुसंघान हुदै गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कात्तिक २९ गते बिहीबार
ताजा समाचार