२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

स्थापना दिवसका अवसरमा तरुण दलद्वारा कपडा वितरण



सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्नो स्थापना दिवसका अवसरमा जेष्ठ नागरिकलाई कपडा वितरण गरेको छ । तरुण दल बाँकेले ६५औं स्थापना दिवसका अवसरमा शनिवार निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्र्थापना सेवा केन्द्रमा रहेका असहाय तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।
केन्द्रमै गरिएको कार्यक्रममा ३० थान कम्बल वितरण गरिएको तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाहले बताए । केन्द्रमा हाल ३८ जना असहाय, अशक्त तथा जेष्ठ नागरिक रहेका छन् । चिसोयामलाई दृष्टिगत गर्दै न्यानो कपडा वितरण गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली कांग्रेस बाँकेकी सभापती किरण कोईरालाले जेष्ठ नागरिकको सेवामा सबैको हातेमालो आवश्यक रहेको बताइन् ।


कार्यक्रममा तरुण दलका क्षेत्रीय सभापति, जिल्ला कार्यसमितिका पदाधिकारीलगायत उपस्थिती रहेको कार्यक्रममा क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, क्षेत्र नम्बर ३ का रमेश गुप्ता, नगर सभापति प्रशान्त विष्ट, निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्र्थापना सेवा केन्द्रकी अध्यक्ष सरिता खनाल, संस्थाका प्रमुख अभिभावक विजय गुप्ता, मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष निजामुद्दिन अन्सारी, काँग्रेस महासमिति सदस्य निरञ्जनसिंह सिजापति, राकेशकुमार श्रीवास्तव, महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाह, तरुण दलका पूर्वकेन्द्रीय सदस्य सुदिप नरसिंह राणाले मानवीय सहयोगले सन्तुष्टिसँगै समुन्नत समाज निर्माणमा मदत पुग्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०७५ कात्तिक १० गते शनिबार
ताजा समाचार