नवदुर्गा भवानीको मूर्ति विसर्जन गरिँदै

३ कार्तिक २०७५, शनिबार १५:११
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : शारदीय नवरात्रमा नवदुर्गा भवानीको मूर्ति राखेर नव दिनसम्म पूजाआजा गरिएको मूर्ति शनिवार विसर्जन गरिँदै छ । नेपालगञ्जलगायत आसपास क्षेत्रको मूर्ति डुडुवा गाउँपालिका वडा नं. ४ कम्दीस्थित राप्ती नदीको सिधनिया घाटमा विसर्जन गर्न लागिएको हो ।


यस वर्ष सबै धर्मावलम्बीहरुले सौहाद्रपूर्ण वातावरणमा दशैं मनाएका छन् । नव दुर्गा भवानीको नव दिनसम्म चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शभकामना साटासाटका साथै माता दुर्गाको पूजा र दशहरा मेलामा समेत तनमन धनले सहयोग गरेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाकी सदस्य अक्लिमुन निशाले बताइन् ।
मूर्ति बिसर्जनका लागि हिँडेका भक्तजनहरुलाई सहयोग गर्ने उद्देश्यले डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रलगायत वडाका जनप्रतिनिधीहरुले हिरमिनियाको विभिन्न ठाउँमा जलपान कार्यक्रमको आयोजना गरेका छन् ।
यस्तै नेपालगञ्जको त्रिबेणी मोड़मा भण्डाराको व्यवस्था गरिएको छ । नेपालगञ्ज वडा नं. ४ का अध्यक्ष मो. सफिक बेहनाले भक्तजनहरुका लागि फलफूल र पानीको ब्यवस्था गरेका छन् । यस्तै सामाजिक कार्यमा खटिन पाएकोमा आफुलाई गर्व महशुस भएको वडा नम्बर ४ का समाजसेबी मो. सलीम मुसलमानले बताए ।


Next Post

पत्नि हत्या आरोपमा श्रीमान् पक्राउ

३ कार्तिक २०७५, शनिबार १५:११
सदरलाइनडटकम, दैलेख : श्रीमती हत्या अभियोगमा दैलेखमा एकजना पक्राउ परेका छन् । ५५ वर्षीया श्रीमती लक्ष्मीको हत्या आरोप नौमुले गाउँपालिका–४ कालिकाका ५० वर्षीय सेते पुन मगर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार श्रीमान–श्रीमतीबीच सधैँ जसो झगडा हने गरेको थियो । दशैँका दिन बिहानै […]

सम्बन्धित