सदरलाइनडटकम,
खजुरा (बाँके) : नाबालिगासँग यौन दुर्ब्यवहार गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीसँग यौन दुर्ब्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका ५ का शाकिरअली दर्जीलाई पक्राउ गरेको हो ।
खजुरा २ गौघाटकी एक किशोरीलाई उढरापुर पुर्याइ दिने भन्दै उनले मानखोला नजिकैको जंगलमा लगेर यौन दुर्ब्यवहार गरेको खुल्न आएको प्रहरीको भनाई छ । बालिका कराएपछि बटुवाहरुले प्रहरीलाई खबर गरेका थिए ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)