धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते हुने

सदरलाइन संवाददाता १६ श्रावण २०७९, सोमबार १४:१३
 

नेपालगञ्ज : हरेक वर्ष आयोजना हुने धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगञ्ज म्याराथनका लागि २०७९ असार १५ गतेदेखि खेलाडी दर्ता खुला गरिएको छ ।

गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिनेछ । पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।


स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ ।

आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १० जना कोरोना संक्रमित थपिए

१६ श्रावण २०७९, सोमबार १४:१३
नेपालगञ्ज : बाँकेमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ८ र जमुनाह नाकामा २ गरी १० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये ६ जना बाँकेका हुन् भने ४ जना जिल्ला बाहिरका हुन् […]