सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितका लागि नेपालगञ्जमा रहेको एचसिआरसी अस्पताल तथा कप्तान कृषि फर्मका संस्थापक डा. कुमार सान शाहले राहत उपलब्ध गराएका छन् ।
कोरना भाइरसविरुद्धको लडाइँ लकडाउनको माध्यामबाट लडिरहदा दैनिक ज्यालामजदुरी गरी दैनिकी धान्नेहरुको बन्द चुलो बाल्नको लागि डा. शाहले नेपालगञ्ज उपमहानगरपालिका–२० को आयोजना मा ५० जनालाई राहात बितरण गरेका हुन ।
वडा अध्यक्ष कृष्ण कार्कीको उपस्थितिमा बितरण गरिएको राहतमा प्रति परिवार १० किलो चामल,२ किलोदाल, १ किलोनुन र १ पोका खाने तेल रहेको छ । सो अवसरमा वडा सदस्य चक्रबहादुर बुढा, डा. मन्जु बिसि शाह, स्थानीय प्रहरी प्रमुख लगाएत स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।
डा. शाहले यसअघि प्रदेश सभासद कृष्णा केसी नमुनाको संयोजकत्वमा गठित कोबिड–१९ रिलिफ फण्डमा बाँकेका स्थानीय निकायहरुलाई बितरण गरिएको राहत लागि पचास हजार सहयोग गरेका थिए ।