सदरलाइनडटकम,
दैलेख : श्रीमती हत्या अभियोगमा दैलेखमा एकजना पक्राउ परेका छन् । ५५ वर्षीया श्रीमती लक्ष्मीको हत्या आरोप नौमुले गाउँपालिका–४ कालिकाका ५० वर्षीय सेते पुन मगर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार श्रीमान–श्रीमतीबीच सधैँ जसो झगडा हने गरेको थियो । दशैँका दिन बिहानै उनीहरु मदिरा सेवन गरेको र उक्त घटना भएको हुनसक्ने आशंकामा उनलाई पक्राउ गरिएको पोखरेलले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
