निवर्तमान प्रदेश प्रमुख डा. अहिराजद्धारा खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग

सदरलाइन संवाददाता २ असार २०७९, बिहीबार १८:२९
 

नेपालगञ्ज : मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख तथा नागरिक समाजका अगुवा डा. राजेश अहिराजले सामाजिक उत्तरदायित्व अन्र्तगत खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

पश्चिम नेपालको भ्रमणमा रहेका डा.अहिराजले भेरी अस्पताल परिसरमा संचालित अञ्जनी माता रसोई घर, निल सागर बृद्धाश्रम र डुुडुवा गाउँपालिका–२ जाफरपुर्वास्थित मदरसामा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेका हुन ।


कार्यक्रममा ग्रिन नेपालगञ्ज क्लिन नेपालका अभियन्ता डा विनोद कर्ण, भेरी अस्पतालका डा आर के झा, बर्दियाका नागरिक अभियन्ता कमलदेव पौडेल, अञ्जनी माता रसोइका संचालक जितेन्द्र ठाकुर, विजय गप्ता, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो । उनले अञ्जनी माता रसोई घरमा सामुहिक भोजन गरेका थिए ।

त्यसक्रममा रसोई घरको परिकल्पना, भोजनको व्यवस्थापन लगायतका बारेमा जानकारी गराइएको थियो । यसैगरि नागरिक समाजका अगुवाहरुसंग छलफल गरिएको थियो । छलफलका क्रममा राज्य पुर्नसंरचनापछिको संयन्त्रको काम कारवाही प्रक्रिया, सेवाग्राहीका समस्या नागरिक अभियान लगायतका विषयमा छलफल गरिएको थियो ।

निवर्तमान प्रदेश प्रमुख अहिराजले बाँकेको बाढी प्रभावित तथा सिमा क्षेत्रको समेत अवलोकन गरि स्थानीयसंग भेटघाट गर्नुभएको छ । त्यसक्रममा स्थानीयहरुले बाढीको समस्या तथा सिमा क्षेत्रमा उत्पन्न समस्याको बारेमा जानकारी गराउदै पहलका लागि आग्रह समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्षात सुरुहुँदै गर्दा नेपालगञ्जमा ढल र नाला सरसफाइ गरिदै

२ असार २०७९, बिहीबार १८:२९
नेपालगञ्ज :  वर्षातको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यहाँ ढल र नालाको सरसफाइ गर्न थालिएको छ । ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको […]