वडा नं. ३ मा मन्त्री हमालको सम्मान

सदरलाइन संवाददाता ५ कार्तिक २०७८, शुक्रबार १४:२८
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ ले लुम्विनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रवहादुर हमाललाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।

शुक्रबार जामा मस्जिदमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मो. अयुव सिद्धिकीले हमाल मन्त्री भएपछि वडाबासी हर्षित भएको भन्दै वडाको समग्र विकास निर्माणका लागि वडाबासीका तर्फबाट मन्त्री हमाललाई विभिन्न मागपत्र प्रस्तुत गरे ।


सो अवसरमा मन्त्री हमालले वडा नम्बर ३ सँग आप्mनो भावनात्मक सम्बन्ध जोडिएको भन्दै सक्दो सहयोग गर्ने बताए । उनले अविरल बर्षातका कारण प्रभावित किसानालाई प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने बताए ।

कार्यक्रममा मन्त्री हमालले वडा कार्यालयका तर्फबाट अति असक्त अपाङ्गता भएका २५ जनालाई खाद्यान्न सामग्री सहयोग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको शनिवार वडाअधिवेशन

५ कार्तिक २०७८, शुक्रबार १४:२८
नेपालगञ्ज : नेकपा एमालेले शनिवार वडा अधिवेशन गर्दैछ । देशभरी नै वडा अधिवेशन गर्ने कार्यतालिका अनुसार बाँकेमा पनि वडा अधिवेशन हुने भएको हो । बाढी प्रभावित जिल्लामा भने अधिवेशन हुने छैन् । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जिल्लाका ८१ वटै वडामा अधिवेशन हुने जानकारी दिए । वडा अधिवेशनबाट चार […]