नेपालगन्जमा ४७ करोडको अत्याधुनिक फनपार्क निर्माण हुँने

२६ आश्विन २०७५, शुक्रबार २०:०५
 


सदरलाइनडटकम
नेपालगञ्ज  : नेपालगञ्जको पर्यटन व्यवसायमा टेवा दिनको लागि ४७ करोड लागतमा पहिलो पटक अत्याधुनिक ‘फनपार्क’ निर्माण हुँने भएको छ ।
संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिकी सभापति पूर्णाकुमारी सुवेदीले शुक्रबार एक समारोहबीच ‘नेपालगञ्ज थ्रिलर जोन’ नामक फनपार्कको शिलन्यास गरेकी छन् । मानसरोवर अमुजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालिले नेपालगञ्ज उपमहानगरपालिका –१४ भवानीयापुर, बालेगाउँमा निर्माण गरिने ‘नेपालगन्ज थ्रिलर जोन’मा रिसोर्ट, वाटरपार्क, फनपार्क, इन्डोर गेम्स, सभा हल, रेष्टुरेन्ट, पिंङलगायत मनोरञ्जनस्थल निर्माण गरिने कम्पनीका प्रबन्ध सञ्चालक डा.ओमप्रकाश मिश्रले जानकारी दिए । उनले भने,‘पहिलो चरणमा ४७ करोड रुपैयाँको लागतमा निर्माण कार्य हुनेछ । आन्तरिक र वाह्य पर्यटकको माग र चाहाना अनुरुप आगामी दुई वर्षभित्र यसको लागत २ अर्बको पु¥याइने लक्ष्य छ ।’
बाँके जिल्लामा फनपार्क नै छैन । यो पार्कले नेपालगञ्ज आउने आन्तरिक पर्यटकलाई उपयुक्त मनोरञ्जनस्थल हुने मिश्रले बताए । खास गरी भारतबाट मानसरोवर जान नेपालगञ्ज हुँदै आउने पर्यटक र सिमावर्ती भारतीय क्षेत्रका वासिन्दालार्य लक्षित गरी सञ्चालन गर्न लागिएको यो फन पार्क नेपाल–भारत सीमाको मुस्किलले दुई किलोमिटरको दुरीमा पर्छ ।
रामकरण मिश्र अध्यक्ष रहेको कम्पनीमा विमला मिश्र, सन्तोषकुमार सिंह र डा.ओमप्रकाश मिश्र सञ्चालक रहेका छन् । डा.ओमप्रकाश प्रबन्ध सञ्चालक पनि हुन् । सुरुमा ८ विगाहा क्षेत्रफलमा निर्माण गरिने फन पार्कमा कम्पनीले दुई वर्षभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्ने जनाएको छ ।
सो शिलन्यास कार्यक्रममा नेकपाका नेता अशोक कोईराला, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, वडा नं. १४ का अध्यक्ष ओमकारनाथ मिश्रलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

Next Post

खसीको मासु भन्दै बाख्रीको मासु बेचेको भेटीयो

२६ आश्विन २०७५, शुक्रबार २०:०५
सदरलाइनडटकम नेपालगञ्ज  : दशैमा मासु खाँदै हुनुहुन्छ ? राम्रोसंग हेरेर मात्र लिनुहोस नत्र खसीको भन्दै बाख्रीको मासु किनेर लैजानु होला । नेपालगञ्ज उप–महानगरको नेतृत्वमा शुक्रबार दिउसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथि खेलवाड हुने गरी खसीको मासुको सट्टा बाख्रीको मासु बेचेको पाईएको छ । उपभोक्ता हित संरक्षण समिति […]