नेपालगञ्ज : लेनदेन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. २ बस्ने ४० वर्षीया रमा भंगी रहेकी छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतको गएको पुष १२ गतेको फैसलाले भंगीलाई लेनदेन मुद्दामा ३ महिना कैद सजाय तोकेको थियो । उनी यसअघिसम्म फरार रहेका थिइन् ।
उनलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।