विद्यालयको आर्थिक अनियमिता छानविन गर्न समिति गठन

सदरलाइन संवाददाता १५ भाद्र २०८०, शुक्रबार १३:५३
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको जनता मावि मैटहवाका प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले विद्यालयमा मनोमानि गरि आर्थिक अनियमितता गरेको भन्दै बिद्यालयमा उपस्थित सर्वदलिय भेलाले छानविन समिति गठन गरेको छ ।

भेलाले विरेन्द्र बहादुर शाहिको संयोजकत्वमा ५ सदस्य रहेको छानविन समिति गठन गरेको छ । अन्य सदस्यहरुमा गुणनिधि आचार्य, तारा केशर रिजाल, लक्षि चौलागाई र तारा वहादुर विक रहेका छन् । छानविन समितिले सेनेटरी प्याड, पंखा बिक्रि तथा कवाड विक्रि लगायत अन्य विद्यालयका सामग्री खरिदमा भएको आर्थिक अनियमितताको बारे छानविन गरि प्रतिवेदन सार्वजनिक गर्नेछ ।

भेलामा भाद्र ११ गते बोलाईएको अभिभावक भेलामा प्रधानाअध्यापक चन्द्र बहादुर खत्रिको अभिब्यक्तिका कारण उत्पन्न असहज परिस्थितीका कारण विवाद भएको र केहि असन्तुष्ट अभिभावकले विद्यालयमा लगाएको तालाका विषयलाई लिएर वडा अध्यक्ष माधव रिजालको नेतृत्वमा ताला लगाईएको भनि हल्ला गरेको भएपनि सर्वदलिय भेलामा उपस्थित अभिभावकहरुले आफुले लगाएको भनेपछि प्रधानाध्यापक स्वयमले सो कुरा स्विकार गरेकाले प्रधानाध्यापकले सहि ब्यहोरा उल्लेख गरि प्रेस बिज्ञप्ति जारी गर्नुपर्ने निर्णय गरेको छ ।

यसैगरि प्रधानाध्यापक चन्द्र बहादुर खत्रिलाई बिद्यालय ब्यबस्थापन समितीले यस अघि सोधेको स्पष्टिकरणको जवाफ हाल सम्म पनि नदिएको भन्दै उपस्थित भेलाको राय बमोजिम भाद्र १३ गतेका मितिले ३ दिन भित्र चित्तबुझदो स्पष्टिकरण पेश गर्न भनिएको छ भने प्रधानाध्यापकबाट पुनः पुरानै कार्यशैली र गैर जिम्मेवारी देखिएमा राजनैतिक दल, समाजसेवी,बुद्धिजिवि, शिक्षापे्रमीहरुको राय सल्लाहबाट विकल्प खोज्न सकिने समेत चेतावनि दिईएको छ ।


यस अघि केहि भाद्र ११ गते अभिभावक र प्रधानाध्यापक चन्द्र बहादुर खत्रिबिच विवाद हुदा विद्यालयमा प्रधानाध्यापकको कार्य कक्षमा ताला लगाईएको थियो । लगाईएको ताला आफनो विद्यालयको समस्या आफै समाधान गर्ने भन्दै केहि बेरमा खुलाईएको थियो ।

यता प्रधानाध्यापकले भने आफुलाई विद्यालय ब्यबस्थापन समितिले सहयोग नगरेका कारण बिद्यालयलाई आवश्यक पर्ने सामान खरिद गरेको र कुनै अनियमितता नगरेको प्रष्ट पारेका छन । उनले खरिद गरिएका सामाग्रीहरुको विल भरपाई रहेको जिकीर गरेका छन् । यसैगरि पंखा बिक्रि, कवाड बिक्रिको नगद समेत विद्यालयको खातामा दाखिला गरिसकेको बताएका छन् ।

विद्यालयमा पारदर्शिता कायम गरेको दावि गरेका प्रधानाध्यापक चन्द्र बहादुर खत्रि र नेपाली काङ्ग्रेसका वडा सभापति गणेश थापा भने सर्वदलिय बैठक चलिरहेकै समयमा बैठक स्थल छोडेर बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौबस्ता औद्योगिक क्षेत्र निर्माणमा ढिलाई, व्यवसायी निराश

१५ भाद्र २०८०, शुक्रबार १३:५३
नेपालगञ्ज : बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माणमा भइरहेको ढिलाईले यस क्षेत्रका उद्योगी व्यवसायीहरु निराश छन् । बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण हुने सो औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी नबढ्दा त्यहाँ उद्योग सञ्चालनका लागि प्रस्ताव पेश गरेका उद्योगी व्यवसायी निराश बनेका हुन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अब्दुल […]