लकडाउनको पालना गर्दै संक्रमणबाट जोगिन स्वास्थ्य राज्यमन्त्री रावतको आग्रह

२५ चैत्र २०७६, मंगलवार १३:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन स्वास्थ्यकर्मी र सरकारको निर्देशन अक्षरस पालना गर्न आग्रह गरेका छन ।

मंगलबार बिहान बाँकेको नेपागलगञ्ज–१७ जयसपुरमा निर्माण गरिएको अस्थायी क्वारेन्टाईनको स्थलगत अनुगमन गर्दै उनले सो कुरा आग्रह गरेका हुन ।

बिश्वभर महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरसको सत्रंmमणबाट जोगिनको लागि अबलम्बन गरेको नीतिका कारण केही सफलता पाईएकोले दोस्रो चरणको सुरक्षा तयारी गरिएको बताए ।


उनले सरकारले संक्रमण फैलन नदिनको लागि लकडाउन आवहान गरेको उल्लेख गर्दै कोरोनाको संक्रमण बिश्वमा फैलिएको दर अनुसार फैलन नसकेकोले व्यक्ति व्यक्तिको सम्पर्कबाट जोगिन लकडाउन आव्हान गरिएको उल्लेख गरे । उनले आवश्यक पर्ने उपकरण तथा सामाग्री कमी नहुने जानकारी दिदै लकडाउनका कारण प्रत्यक स्थानीय तहसम्म पुराउन केही समस्या हुँदा पनि पठाउने कार्य जारी रहेको स्पष्ट पारे ।

स्वास्थ्य राज्यमन्त्री रावतले क्वारेन्टाईनमा बस्दै आएका ब्यक्तिहरुको नियमित स्वास्थ्य जाँच, अत्यावश्यक सामग्रीको उपलब्धता र सरसफाईमा बिशेष ध्यान दिन निर्देशन दिदै क्वारेन्टाईनमा बसेकालाई सरकारले अवलम्बन गरेको नीतिको पूर्ण पालना गरी कोरोना बिरुद्धको अभियानमा साथ दिन समे आग्रह गरे ।

नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरीसकेको बताउँदै स्वास्थ्य राज्यमन्त्री रावतले लकडाउन अवधिभर घरभित्रै बसेर सरकारलाई सहयोग गर्न सबैलाई आह्वान समेत गर्दै अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमणको दर न्युन भएपनि सबै सचेत हुन आवश्यक रहेको औल्याए ।
मन्त्री रावतसँगै प्रदेश सभा सदस्य आईपी खरेल, नेकपा बाँकेका नेता निरक गुरुङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि, भेरी अस्पतालका निमित्त मेसु डा प्रकाश थापा, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले दशगजा क्षेत्रमा रहेको क्वारेन्टाईनको स्थलगत अनुगमन गरेका थिए ।

Next Post

लकडाउनको अवज्ञा गर्ने एघार सय मोटरसाइकल नियन्त्रणमा

२५ चैत्र २०७६, मंगलवार १३:४४
सदरलाइनडटकम, नेपालगञ्ज : लकडाउन उलघंन गर्ने निजी सवारी सधानलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगन्ज र कोहलपुरका बिभिन्न स्थानबाट पछिल्लो तीन दिनमा ११ सय बढि मोटरसाइकल नियन्त्रणमा लिएको हो । लकडाउन अवज्ञा गर्नेप्रति कडारुपमा प्रस्तुत भएको बाँके प्रहरीले सोमवार २ सय १९ मोटरसाईकल र स्कुटी नियन्त्रणमा लिएको छ […]