कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

सदरलाइन संवाददाता १६ कार्तिक २०७७, आईतवार १६:३६
 

नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ बी गाउँ बस्ने ४० वर्षीय पुरुषको उपचारका क्रममा शनिवार राती ११ बजे मृत्यु भएको हो ।

कार्तिक १५ गते स्वाब संकलन गरिएको ती पुरुषको आइतवार रिपोर्ट पोजेटिभ आएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनको रिपोर्ट आउनुअघिनै मृत्यु भइसकेको मेडिकल कलेजले जनाएको छ ।


स्वाशप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई उपचारका लागि कार्तिक १५ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको फोकल पर्सन श्रेष्ठले बताए ।

Next Post

सशस्त्र प्रहरीद्वारा अबैध सामग्री बरामद

१६ कार्तिक २०७७, आईतवार १६:३६
नेपालगञ्ज : भारतबाट अबैध रुपमा नेपाल भित्र्इएको अबैध सामग्रीहरु सशस्त्र प्रहरीले बरामद गरेको छ । बिओपी जमुनाहा भन्सारका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार शर्माको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १६ जमुनाहाबाट १ लाख ४३ हजार मुल्य बराबरको अबैध सामग्री बरामद गरेको हो । रिक्सामा लोड गरी वेवारिसे अवस्थामा छाडिएको कपडा, जुत्ता, […]