खसीको मासु भन्दै बाख्रीको मासु बेचेको भेटीयो

२६ आश्विन २०७५, शुक्रबार २०:२९
 

सदरलाइनडटकम
नेपालगञ्ज  : दशैमा मासु खाँदै हुनुहुन्छ ? राम्रोसंग हेरेर मात्र लिनुहोस नत्र खसीको भन्दै बाख्रीको मासु किनेर लैजानु होला । नेपालगञ्ज उप–महानगरको नेतृत्वमा शुक्रबार दिउसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथि खेलवाड हुने गरी खसीको मासुको सट्टा बाख्रीको मासु बेचेको पाईएको छ ।
उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उमा थापामगर नेतृत्वको टोलीले मासु र मिठाई गरि एक दर्जन पसलमा अनुगमन गर्दाको क्रममा खसीको मासु भनेर वाख्राको मासु बेचेको पाइएको हो ।
रामलीला मैदान नजिकको मासुमण्डीको अनुगमनमा खुला रुपमै खसीको भनेर बाख्राको मासु बचेको फेला परेको हो । पसल स्वीकृतको कागज समेत नराखेका आसिम कुरेसीको पसलबाट ६ केजी बाख्राको मासु जफत गरि नष्ट गरिएको छ ।
अन्य मासु पसलमा समेत फोहर देखिएको, फ्रिजमा जथाभावी मासु कोचिएको, मासु काटने ठाउँमै दर्जनौको संख्यामा खसी बोका हुलेर राखीएको पाइएको उप–महानगरपालिकाका निरिक्षण शाखाका प्रमुख पवन कनोजीयाले जानकारी दिए ।
धम्वोझीस्थित केही मिठाई पसलमा गरिएको अनुगमनमा मिठाई बनाउने स्थानमा फोहर देखिएको, अनावश्यमक रंंग प्रयोग गरिएको र आवश्यक कागजात नराखेको पाइएको छ । सबै किसिमका मापदण्ड पूरा गरेर उपभोक्ताको अधिकारलाई ध्यान राखेर मात्र व्यवसाय गर्ने निर्देशन गरिएको उपप्रमुख एवं अनुगमन टोली संयोजक थापामगरले बताईन ।
अनुगमनको पहिलो चरणमा सचेतनासहित अभियान थालीएपनि अब नियमित अनुगमनमा कमजोरी भेटीए कानूनी कारबाही गरिने उनको भनाइ थियो । अनुगमनमा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वाणीज्य कार्यालय, गुणस्तरीय तथा नापतौल कार्यालयका एकराज बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।

Next Post

नरैनापुरमा पर्व विशेष शुभकामना आदान प्रदान

२६ आश्विन २०७५, शुक्रबार २०:२९
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले आसन्न सबै पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार दशैं, तिहार र छठ पर्वको अवसरमा गाउँपालिका कार्यालय नैरनापुरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउपालिका अन्तरगतका कर्मचारी र स्थानीयबीच गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा एक आपसमा शुभकामना […]