सुर्खेतमा गर्भपतन गराउने किशोरीको संख्या बढ्यो

सदरलाइन संवाददाता १५ आश्विन २०७९, शनिबार १४:११
 

सुर्खेत : जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ । स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो ।

आर्थिक वर्ष २०७७–७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ । यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन् । असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ ।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार अहिले पनि सुरक्षित भन्दा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या ठूलो छ । सुरक्षित गर्भपतन सबैको पहुँचमा नहुनु तथा समाजका डरले पनि धेरै महिला असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन् ।


आर्थिक वर्ष २०७६–७७ मा सुर्खेतमा दुई हजार ४८३ जनाले गर्भपतन गरेका थिए । २०७७्७८ मा दुई हजार ४७३ जनाले गर्भपतन गरे । आर्थिक वर्ष २०७८–७९ मा दुई हजार ६१५ जनाले गर्भपतन गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको विवरण छ ।

यो तथ्यांक सुर्खेतमा रहेका सूचीकृत स्वास्थ्य सेवा प्रदायकले राखेका हुन्। ती ठाउँमा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ । सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ । सुरक्षित गर्भपतन लिनेको संख्या बढ्नुमा सेवाको पहुँच विस्तार मुख्य कारण रहेको स्वास्थ्यकर्मी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा हुने दशै महोत्सवको तयारी पूरा

१५ आश्विन २०७९, शनिबार १४:११
नेपालगञ्ज : बाँकेको खजुरामा आइतवार आयोजना गरिने दशै महोत्सवको तयारी पूरा भएको छ । आदर्श युवा बचत समुहले आयोजना गर्न लागेको महोत्सवको अघिल्लो दिन शनिबार एक नम्बर बजार क्षेत्रमा सरसफाई गरिएको थियो । विहान गरिएको सरसफाई कार्यक्रममा समुहका सदस्यहरु, स्थानिय व्यापारी, शिक्षक, वुद्धिजिवि लगाएतको उपस्थित रहेको थियो । समुहले आयोजना […]

सम्बन्धित