सेन्ट्रल प्लाजाले नेपालगञ्ज विमानस्थलमा सञ्चालनमा ल्याएको क्यान्टिन अबैधानिक, गुणस्तरहिन खानेकुरा बरामद

सदरलाइन संवाददाता २० जेष्ठ २०७९, शुक्रबार १९:४०
 

नेपालगञ्ज  : नेपालगञ्ज विमानस्थलमा होटल सेन्ट्रल प्लाजाले सञ्चालनमा ल्याएको क्यान्टिन अबैधानिक रुपले सञ्चालनमा रहेको अनुगमनका क्रममा पाईएको छ ।

खाद्य स्वाच्छताको अवस्थाको बारेमा अनुगमन गर्न शुक्रबार पुगेको टोलीले नेपालगञ्ज विमान स्थलमा होटल सेन्ट्रल प्लाजाले सञ्चालनमा ल्याएको क्यान्टीन पसल व्यवसाय दर्ता नै नगरी गुणस्तर हिन खाद्य पदार्थ राखेर सञ्चालन गरेको पाईएको अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरिक्षक विवेक सुवेदीले जानकारी दिए ।

उनले सेन्ट्रलप्लाजा जस्तो स्तरिय र नाम चलेको होटलले सञ्चालन गरेको क्यान्टिनमा लेबल विवरण नभएको खाद्य पदार्थ राखिएको, व्यवसाय दर्ता नगरिएको, तयारी पेष्ट्रि, ब्रेड, चाउमिनमा उत्पादन मिती उल्लेख नभएको, रेफ्रिजेरेटरमा राखिएको खानेकुरा अव्यवस्थित राखिएको पाईएको बताए ।


उनले सो क्यान्टीनबाट लेबल नभएको चाउमिन ३ किलो, २५ पाकेट ब्रेड, ५ पिस बन, ४ पिस पेस्ट्री, नियन्त्रणमा लिएर नष्ट गरिएको साथै रेफ्रिजेरेटरमा साकाहरी र मांशाहारी एकै ठाउमा राखिएको पाईएको बताए ।

उनले क्यान्टीन सञ्चालनको लागि आवश्यक व्यवसाय दर्ता नगर्दासम्म कारोबार रोक्का गर्ने, आवश्यक दर्ता गरेर मात्र सञ्चालन गर्ने, बिक्रिमा राखिएका सामानको उत्पादन मिति र लेबल भएको मात्र विक्रिको लागि राख्ने लिखित निर्देशन सो होटलका फाईनान्स प्रमुख आशिष गुप्तालाई दिईएको बताए ।

सो अनुगमनमा कार्यालयका खाद्य निरिक्षक ज्योति आचार्य, बाणिज्य कार्यालयका कृष्णप्रसाद पौडेल, उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रभातकुमार ठकुरी, नेपालगञ्ज उपमहानगरका अमर चिडिमार, प्रहरी सहायक निरिक्षक कर्णबहादुर बिक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा कम राजश्व संकलन

२० जेष्ठ २०७९, शुक्रबार १९:४०
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८/ ७९ मा नेपालगञ्ज भन्सारले लक्ष्य भन्दा बढी राजश्व उठाएको हो । १० महिनामा संकलित राजश्वको तथ्याङ हेर्दा साउन र असोज महिनाबाहेक अरु ८ महिनामा लक्ष्य भन्दा कम राजश्व संकलन भएको देखिएको छ । साउनमा […]