२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

मूल्यवृद्धि विरुद्ध नेविसंघद्वारा काठमाण्डौमा प्रदर्शन



सदरलाइनडटकम,
काठमाण्डौ : नेपालीहरुका महान पर्व दशै नजिकिँदै गरेको बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर विरोध प्रदर्शन गरिएको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमबार
ताजा समाचार