२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अठार किलो चरेशसहित बझाङमा दुई पक्राउ



सदरलाइनडटकम,
बझाङ : ठूलो परिमाणको चरेशसहित बिहीवार बझाङमा दुई जना पक्राउ परेका छन् । मष्टा गाउँपालिका–२ खिकालाका १८ वर्षीय दीपक बोहरा र ३९ वर्षीय हस्त पुरी १८ किलो चरेशसहित पक्राउ परेका हुन् । मष्टा गाउँपालिको घुरलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चैनपुर बजार जाँदै गरेको अवस्थामा दुबै जनालाई इलाका प्रहरी कार्यालय भातेखोलाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए ।

प्रकाशित मिति : २०७५ असोज ४ गते बिहीबार
ताजा समाचार