२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

लोक सेवा सम्बन्धी वस्तुगत प्रश्नोत्तर



१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको छ दिने भ्रमण कहिले सम्पन्न भयो ? 
— वि.सं. २०७५ असार ५ देखि १० गते सम्म

२. नेपालमा गृहमन्त्रालयले कति जातिलाई अल्पसंख्यक भनी तोकेको छ ? 
— ९८ (वि.सं. २०७४ वैशाख ८ )

३. प्रकाशको किरण एक माध्यमबाट र्ओ माध्यम मा प्रवेश गर्दा बाँगिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ? 
— प्रकाशको आवर्तन

४. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङ्गका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ? 
— प्रकाश विच्छेदन

५. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ? 
— शुक्ल पक्ष ( Bright Half)

६. भक्तपुरमा निर्माण गर्न थालिएको चिडियाखानाको शिलान्यास कहिले भएको हो ?
— वि.सं. २०७३ असार ९

७. नेपालमा वर्तमान संविधानअनुसार ‘सङ्घीय एकाइ’ भन्नाले के बुझिन्छ ? 
— सङ्घ, प्रदेश र स्थानीय तह

८. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको शुरुवात कहिलेबाट हुन थालेको हो ? 
— वि.सं. २०७२ मंसिर १६

९. प्रमुख पर्यटकीय गन्तव्यहरु एवं पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्धारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ? 
— वेलकम नेपाल (नयाँ वर्ष २०७४ को अवसर पारी सार्वजनिक गरिएको ।)

१०. विश्वकप खेल्ने हालसम्मकै पाका फुटबल खेलाडी को हुन् ? 
— इजिप्टका गोलकिपर इसाम एल हदारी (रुसमा आयोजित विश्वकप फुटबलमा साउदी अरेबियन विरुद्धको खेलमा उनी (४५ बर्ष एकसय ६१ ीदन) मैदानमा उत्रिए । यसअघि सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने कीर्तिमान कोलम्बियाका गोलकिपर फ्रयड मोन्ड्रागनको नाममा थियो । उनी ४३ वर्षको हुँदा सन् २०१४ को विश्वकप खेलेका थिए ।)

प्रकाशित मिति : २०७५ असार २० गते बुधबार
ताजा समाचार