२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बाढीले डुबाउँदा एकको मृत्यु, बृद्ध बेपत्ता




सदरलाइनडटकम

नेपालगन्ज : अविरल वर्षाले वैजनाथ गाउँपालिकाको बाँकेको बैजनाथ गाउँपालिका— ५ मा एक जनाको मृत्यु भएको छ । स्थानीय नालामा नुहाउने क्रममा बाढीले बेपत्ता बनाउँदा सोही ठाउका लोकबहादुर सुनारको मृत्यु भएको हो ।

यस्तै वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो ।
बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

प्रकाशित मिति : २०७५ असार १८ गते सोमबार
ताजा समाचार