सदरलाइनडटकम
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकालाई शनिबार पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । एक समारोहका विच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले सो घोषणा गरेका हुन ।
उनले बालबालिकाहरुका लागि खोप अमृत भएकाले यसलाई कहिलै पनि छुटाउन नहुने बताउदै खोप कार्यक्रमलाई सफल बनाउनमा महिला स्वास्थ्य स्वयम्सेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सम्मान र जनसेवा नै पारिश्रमिक भएको बताउदै उनीहरुको मेहन र समाजसेवाको स्थानीय सरकारले उच्च कदर गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्य रहेकाले घरघरमा स्वास्थ्य अभियानमार्फत स्वास्थ्य अवस्थामा सुधार ल्याउने दाबी गर्दै भने–गाउँपालिकामा जति नीति ल्याए पनि घर घरसम्म सेवाको पूहच भएन भने त्यो कहिल ैपनि प्रभावकारी हुदैन ।
घोषणा सभामा जिल्ला जनस्वस्थ्यका निमित्त प्रमुख प्रेमबहादुर केसी, गाउँपालिका उपाध्यक्ष साहिदा वानौ, वडाध्यक्ष भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, नेपाली कांग्रेसका हरि रेउले, सुहाराका शिवशंकर चौबे लगायतले बोलेका थिए ।
त्यस अवसरमा पुर्ण खोप घोषणा कार्यक्रममा सहयोग पुरयाएका स्वयम्सेविका, कर्मचारी, जनप्रतिनिधी, स्थानीय र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले पुर्ण खोप घोषणाको अवस्था तथा समग्र गाउँपालिकामा स्वास्थ्यको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा गाउँपालिका अन्र्तगत ३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई स–साम्मान विदाई गरिएको थियो । ६० वर्ष पुगको र स्व–इच्छाले विदाई लिएका वडा नंं २ का सुन्दरा लोनिया र जन्नतुल सल्मानी र वडा नं. ६ का जाहिरा वेगमलाई नगद २० हजारका दरले रकम प्रदान गरि सम्मानपत्र सहित विदाई गरिएको थियो ।
गाउँपालिकामा खोप सेवा लिने जन्मदेखि १ वर्षका बालबालिकाको संख्या १ हजार १ सय ९ जना रहेको छ । सबै बालबालिकाहरुलाई आधारभुत पुर्ण खोप सुविधामा पहुँच पुरयाउने राष्ट्रिय लक्ष्य अनुसार गाउँपालिकामा सबैले खोप लगाई सकेको स्वास्थ्य संयोजक बुढाले बताए ।
डुडुवा बेतहनीमा काँन शिविर, १५५ जनाको परिक्षण
यसैबीच बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं २ बेतहनीमा शनिबार नै कान शिविर संचालन गरियो । गाउँपालिकाको सहयोगमा युवा सूचना मंच बाँकेले आयोजना गरेको शिविरमा १५५ जनाको कान जाँच गरिएको थियो ।
शिविरमा ५० जनाको कानमा जटिल समस्या देखिएपछि मेडिकल कलेज र भेरी अंचल अस्पतालमा रेफर गरिएको छ । नाक कान घाँटी रोग विशेषज्ञ डा. दिनेश चौधरी, डां सगुन श्रेष्ठ लगायत १० जनाको टोलीले शिविरमा कानको परिक्षण गरि निशुल्क औषधी वितरण गरेको थियो ।
ग्रामिणस्तरका नागरिकहरुले समयमा स्वास्थ्य जाँच नगराउने, जटिल समस्या भएपछि मात्रै स्वास्थ्य संस्थामा पुग्ने भएकाले समस्या बढी आउने गरेको छ । शिविरको उदघाटन समारोहमा नेपाली कांग्रेसका बाँके सभापति किरण कोइराला, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानौ, वडाध्यक्ष गजेन्द्र कैराती, काग्रेस नेता सुधाम्सु कोइराला, राजेशकुमार सेन लगायतले बोलेका थिए ।













प्रतिक्रिया दिनुहोस्